विश्व इतिहासमा आजः डीसी र मस्कोबीच पहिलो पटक टेलिफोन हटलाइनको सुरुवात | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः डीसी र मस्कोबीच पहिलो पटक टेलिफोन हटलाइनको सुरुवात


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ १४ गते मंगलबार। सन् २०२२ को अगस्ट ३० तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् १९९१ अगस्ट ३० मा अजरबैजानले स्वतन्त्रता घोषणा गरेको थियो। सन् १९२० मा सोभियत यूनियनले अजरबैजानलाई अतिक्रमण गरेको थियो।

– सन् १९८३ अगस्ट ३० मा अमेरिकी वायु सेनाका पाइलट ग्वुयन स्टेवर्ट ब्लुफोर्ड अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी मानिस बने। ब्लुफोर्ड ‘एसटीएस–८’ टोलीका सदस्यका रुपमा अन्तरिक्षमा पुगेका थिए।

– सन् १९८३ अगस्ट ३० मा आइफिल टावरले आफ्नो १५०,०००,००० औँ आगन्तुकलाई स्वागत गरेको थियो। पेरिसका ३३ वर्षीया ज्याकलिन मार्टिनेजको प्रवेशसँगै टावरले आफ्नो १५०,०००००० औँ आगन्तुक प्राप्त गरेको थियो।

– सन् १९७६ अगस्ट ३० टम ब्रोकाउ ‘टुडे शो’ को समाचार वाचकमा नियुक्त भए।

– सन् १९६७ अगस्ट ३० मा थुरगुड मार्शल सर्वोच्च अदालतका न्यायधीशमा नियुक्त भए। मार्शल न्यायधीशमा नियुक्त हुने पहिलो अफ्रिकी–अमेरिकी व्यक्ति थिए।

– सन् १९६३ अगस्ट ३० मा वासिङ्टन डीसी र मस्कोबीच टेलिफोन हटलाइन सुरु भएको थियो। सन् १९६७ मा ६ दिन लामो चलेको अरब–इजरायली युद्धको क्रममा सो हटलाइन पहिलो पटक प्रयोगमा आएको थियो।

– सन् १९४३ अगस्ट ३० मा अमेरिकी–इजरायली पूर्व व्यवसायिक बास्केटबल खेलाडी ताल ब्रोडीको जन्म भएको थियो। उनलाई ‘मिस्टर बास्केटबल’ को उपनामले चिनिन्छ।

– सन् १९४३ अगस्ट ३० मा नाजी नेता हर्मन गोयरिङ राइचस्ट्यागका राष्ट्रपतिमा निर्वाचित भए।

– सन् १८९२ अगस्ट ३० मा संयुक्त राज्य अमेरिकामा हैजा भित्रिएको थियो। जर्मनीबाट आएको ‘मोराभिया’ नामक यात्रु जहाज मा सवार हैजाबाट सङ्क्रमित एक यात्रुले अमेरिकामा हैजा भित्रिएको थियो।

– सन् १८१३ अगस्ट ३० मा क्रिक युद्धअन्तर्गत ७०० क्रिक इन्डियन्सले अलाबामाको फोर्ट मिम्स् नष्ट गरेका थिए।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : ५७ बजे

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको