विश्व इतिहासमा आजः डीसी र मस्कोबीच पहिलो पटक टेलिफोन हटलाइनको सुरुवात « Khabarhub

विश्व इतिहासमा आजः डीसी र मस्कोबीच पहिलो पटक टेलिफोन हटलाइनको सुरुवात


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ १४ गते मंगलबार। सन् २०२२ को अगस्ट ३० तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् १९९१ अगस्ट ३० मा अजरबैजानले स्वतन्त्रता घोषणा गरेको थियो। सन् १९२० मा सोभियत यूनियनले अजरबैजानलाई अतिक्रमण गरेको थियो।

– सन् १९८३ अगस्ट ३० मा अमेरिकी वायु सेनाका पाइलट ग्वुयन स्टेवर्ट ब्लुफोर्ड अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी मानिस बने। ब्लुफोर्ड ‘एसटीएस–८’ टोलीका सदस्यका रुपमा अन्तरिक्षमा पुगेका थिए।

– सन् १९८३ अगस्ट ३० मा आइफिल टावरले आफ्नो १५०,०००,००० औँ आगन्तुकलाई स्वागत गरेको थियो। पेरिसका ३३ वर्षीया ज्याकलिन मार्टिनेजको प्रवेशसँगै टावरले आफ्नो १५०,०००००० औँ आगन्तुक प्राप्त गरेको थियो।

– सन् १९७६ अगस्ट ३० टम ब्रोकाउ ‘टुडे शो’ को समाचार वाचकमा नियुक्त भए।

– सन् १९६७ अगस्ट ३० मा थुरगुड मार्शल सर्वोच्च अदालतका न्यायधीशमा नियुक्त भए। मार्शल न्यायधीशमा नियुक्त हुने पहिलो अफ्रिकी–अमेरिकी व्यक्ति थिए।

– सन् १९६३ अगस्ट ३० मा वासिङ्टन डीसी र मस्कोबीच टेलिफोन हटलाइन सुरु भएको थियो। सन् १९६७ मा ६ दिन लामो चलेको अरब–इजरायली युद्धको क्रममा सो हटलाइन पहिलो पटक प्रयोगमा आएको थियो।

– सन् १९४३ अगस्ट ३० मा अमेरिकी–इजरायली पूर्व व्यवसायिक बास्केटबल खेलाडी ताल ब्रोडीको जन्म भएको थियो। उनलाई ‘मिस्टर बास्केटबल’ को उपनामले चिनिन्छ।

– सन् १९४३ अगस्ट ३० मा नाजी नेता हर्मन गोयरिङ राइचस्ट्यागका राष्ट्रपतिमा निर्वाचित भए।

– सन् १८९२ अगस्ट ३० मा संयुक्त राज्य अमेरिकामा हैजा भित्रिएको थियो। जर्मनीबाट आएको ‘मोराभिया’ नामक यात्रु जहाज मा सवार हैजाबाट सङ्क्रमित एक यात्रुले अमेरिकामा हैजा भित्रिएको थियो।

– सन् १८१३ अगस्ट ३० मा क्रिक युद्धअन्तर्गत ७०० क्रिक इन्डियन्सले अलाबामाको फोर्ट मिम्स् नष्ट गरेका थिए।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : ५७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी