स्वदेशी उत्पादनले उकासिएको भारतीय बजार | Khabarhub Khabarhub

स्वदेशी उत्पादनले उकासिएको भारतीय बजार


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नौनीको स्वाद आउने त्यो खाद्य पदार्थ र त्यस कम्पनीको उत्पादन भारत मात्र होइन, नेपाली बजारमा पनि त्यत्तिकै प्रभाव जमाउन सफल भएको छ। त्यही उत्पादन सहकारी आन्दोलनको पर्याय मानिन्छ। दुग्ध उत्पादन अमूल लगायत भारतमा केही त्यसता ब्रान्ड छन्, जसले एकाध वर्ष होइन, दशकसम्म पनि भारतीय बजारमा उत्तिकै प्रभाव जमाउन सफल भएको छ।

अहिले पनि लाखौँ भारतीयको मनमा ती ब्रान्ड बस्न सफल मात्र भएका छैनन्, सबै भारतीयलाई नजिकसमेत बनाएका छन्।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बजारमा आएका यी उत्पादनले उपभोक्ताका रुचि अनुसार आफूलाई परिमार्जन गरेकाले पनि तिनीहरू सदाबहार रूपमै लोकप्रिय बनेका हुन्।

ती उत्पादनले लगभग ७५ वर्षपछि भारतमा विदेशी लगानीलाई समेत आकर्षित गरेका छन्। यी नै मध्यको एक, अमूल दुग्ध उत्पादन। यो उत्पादन भारतमा सबै भन्दा छिटो बजारमा प्रभाव जमाउँदै गएको शीर्ष १० उत्पादन मध्य एकको रूपमा रहेको छ।
पश्चिमी गुजरातको यो उत्पादन सहकारीमा आधारित हो। अमूलकै कारण हजारौँ जना कृषकले आफ्नो घरमा उत्पादित दूधलाई व्यवस्थित रूपले बजारसम्म लगेका थिए।

सामाजिक इन्टरप्रेनर डा. दर्गीज कुरेनको नेतृत्वमा भारतीय दुग्ध उत्पादन क्रान्ति नै भएको थियो। सहकारीमा आधारित भुइँ मान्छेको सहभागिता रहने व्यवसायको रूपमा अमूललाई पायनीयर नै मानिन्छ।

भारतीय बजारमा पनि बहु राष्ट्रिय उत्पादनको असर नपरेको होइन। बजारमा आफ्नो छाप कायम राख्न अमूलले पनि समय अनुसारलाई आफूलाई परिमार्जन गर्दै लगेको छ। त्यो समय सापेक्ष परिमार्जन नै अमूलको दीर्घकालीन सफलताको कारक मानिन्छ।

समाजको वास्तविक स्वरूपकै प्रतिनिधित्व गर्नु अमूलको सफलताको अर्को मुख्य कारण हो। अमूलको उत्पादन सहकारी आन्दोलनको लागि मात्र प्रेरणा बनेको छैन, दक्षिण एसियाली ग्रामीण बासिन्दाको अपनत्व महसुस पनि भएको छ।
यसलाई भारतको वास्तविक सामाजिक इन्टरप्रेनरको रूपमा पनि व्याख्या गर्न थालिएको छ। यसले धेरै जनाको सामूहिक रुचि र धारणालाई मनन गर्दै आफ्नो उत्पादनलाई अगाडि बढाउने गरेको छ।

यसैगरी पार्ली प्रडक्टको ग्लुकोज बिस्कुट पार्ली जी संसारमै धेरै बिक्री हुने बिस्कुटको रूपमा परिचित छ। यो भारत र नेपालमा अत्यधिक बिक्री हुने गरेको छ।

कुनै समय यसै बिस्कुटलाई भारतीय एकताको संज्ञा पनि दिइने गरिएको थियो। २० औं शताब्दीको सुरुवातमा भारतीयहरूले स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहँदा स्वदेशी उत्पादनले पहिलो प्राथमिकता पाउनु पर्ने आवाज पनि उठेको थियो।

यो आवाजको विस्तार भएसँगै पार्ली जीले पनि आफ्नो बजारलाई व्यापक बनाउँदै लगेको हो। बहु–राष्ट्रिय कम्पनीको प्रभाव भारतीय बजारमा परिरहेको समयमा यस प्रभावलाई कम गर्नमा पार्र्ली जीको भूमिका थियो। पार्ली कम्पनी उत्पादन र यी उत्पादन मध्यकै ग्लुकोज विस्फोटको दबदबाले भारतमा स्वदेशी उत्पादक कम्पनीमा हौसला समेत मिलेको थियो।

पछिल्ला दशकमा त पार्ली जीलाई चियाका पारखीहरूले अत्यन्त रुचाउन थालेका थिए। यो बिस्कुट खासमा बच्चामा अत्यन्त लोकप्रिय थियो। बजारमा पार्ली जी को प्रभावसँग भारतीय चियाको प्रभाव र बजारलाई समेत असर गरेको थियो। चियासँग पार्ली जी बिस्कुट धेरै स्थानका संस्कृति र आदतकै रूपमा विकास भइसकेको छ ।

यी दुवै उत्पादन भारत र यसका छिमेकी देशका सामान्य व्यक्तिका लागि थिए। तर, भारतीय बजारमा भनौँ या उपभोक्ताको त्यो ठूलो सञ्जालमा गेम चेन्जर उत्पादन भने मारुती कार पनि हो। अति धनाढ्यका बीचमा रहेको कारको प्रचलन उच्च मध्यम वर्गीय परिवारमा पुग्नुको कारण नै मारुती कार बनेको थियो। मारुती बजारमा आएपछि धेरै भारतीयले कार चढ्ने सपना देखेका हुन्। यो बजारमा आउँदा ५० हजार भारतीय रुपैयाँसम्ममा पनि खरिद गर्न सक्ने गरी आएको थियो।

८ सय सीसीको कार र जिप भारतीयका लागि भरपर्दो सवारी सधान भएको थियो । सन् १९६० देखि १९९० का बीचमा उत्पादन भएको यो भारतको एउटा मात्र कार हो।

यस बीचमा भारतीय मध्यम वर्गीय परिवारको एउटा भोकलाई यस कारले पुरा गरेको थियो। यस उत्पादनले उपभोक्ताको आदतमा नै परिवर्तन गरिदिएको थियो। मारुती बजारमा आएसँगै भारतमा यात्रा गर्ने चाहनामा व्यापक वृद्धि गरेको थियो। यसैगरी त्यहाँको समाज गतिशील बनाउन पनि धेरै सहयोग गरेको थियो।

मारुतीले कुनै पनि परिवारको सोच्ने दायरालाई सामाजिक र भौगोलिक रूपले फराकिलो बनाएको थियो। उपभोक्तालाई एकपछि अर्को उत्पादनमा चासो दिने बनाएको पनि यसैले हो। अहिले त्यहाँ धेरै कार भए पनि मारुती जस्तो धेरैका लागि सहज भने छैनन्। सन् १९८० सम्म साबुनको क्षेत्रमा नेतृत्वदायी भारतीय ब्रान्डको खोजी भएको थियो। त्यो खाली रहेको स्थानलाई पुरा गर्ने काम गुजरातको अहमदाबाद सहरमा उत्पादित निरमा डिटरजेन्टले पुरा गरेको थियो।

सो समयसम्ममा उत्पादक कम्पनी विज्ञापनमा खर्च गर्न डराउँथे। निरमाले त्यो परम्परालाई भत्काउने गरी आफूलाई प्रस्तुत गरेको थियो। उपभोक्तामा प्रभाव जमाउने क्रममा निरमाले टिभी विज्ञापनमा नै धेरै खर्च गरेको थियो।

यसको जिंगललाई त्यत्तिकै आकर्षक मानिन्छ। वर्षौँ वर्षसम्म पकड जमाउनका लागि निरमाले आफूलाई त्यसै अनुरूप परिमार्जन पनि गर्दै आएको छ। विज्ञापनमा होस् यो बजारमा निरमा समय अनुसार आफूलाई ढाल्न उत्तिकै सफल छ।

दूर दृष्टि राख्ने यसका उत्पादकले सञ्चार क्षेत्र मार्फत् उपभोक्ताको माझमा आफूलाई टिकाइ राखेका छन्। वितरण प्रणाली र बजारले खोजेका कुराको पहिचान गर्नु यस कम्पनीको मुख्य विशेषता बनेको छ। उपभोग्य मूल्य राख्ने र सर्वत्र वितरण गर्ने नीति निरमाको छ। उत्पादनलाई बजारमा स्थापित गराउने योजना बनाउन पनि धेरैले निरमासँग सिक्न पर्ने बताउन थालेका छन्।

पछिल्लो समय जियो भारतको प्रभावशाली टेलिकम ब्रान्ड मानिन्छ। सन् २०१६ मा मुम्बईका धनाढ्य मुकेश अम्बानीले जियोको सुरुवात गर्नु अगाडि नै थुप्रै बहुराष्ट्रिय कम्पनीले चलाएका टेली कम्युनिकेसनका ब्रान्डहरू चर्चामा थिए।

चलाखीपूर्ण मार्केटिङ शैलीले जीयोले सुरुवातदेखि नै बजारमा प्रभाव राख्न थालेको हो। यसले सुरुवाती ६ महिनाका निःशुल्क डाटा तथा कलको सुविधा दिएको छ। यसरी लाखौँ भारतीय उपभोक्तालाई आफूमा समाहित गर्दै यसले फड्को मारेको हो।

जियो बजारमा आएपछि भारतको डिजिटल क्षेत्रमा तीव्र विकास पनि भएको छ। विश्वव्यापी रूपमै प्रविधिको दुनियाँका बादसाहका लागि पनि भारत लक्षित बजार बनेको छ। अहिले भारतमा डिजिटल पे मेन्ट सहज भएको छ। डिजिटल पेमेन्टमा भारत सबैभन्दा व्यवस्थित देश मध्य एकको रूपमा छ।

डिजिटल दुनियाँ मार्फत् भारतीय संस्कृतिलाई विश्वव्यापी बनाउन समेत जीयोको भूमिका महत्त्वपूर्ण मानिएको छ। यसका केही खराब पाटो भने नभएको होइन। डिजिटल विकाससँगै भारतमा केही विकृति भने नदेखिएका होइनन्। भारत अहिले ७५ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ। बेलायती उपनिवेशबाट मुक्त भएको यस १५ वर्षमा भारतले आफूलाई भिन्न क्षेत्रमा बलियो रूपमा उभ्याएको छ।

आम व्यक्ति होइन, सौखिन र धनाढ्यका लागि केही भारतीय उत्पादन यस बीचमा पायनीयर रहे। रोयल इन्फील्ड मोटरसाइकल, कपडाका लागि भान हुसेन उत्तिकै परिचित छन्। अहिले पिटर इङ्गल्यान्डका कपडा, शृङ्गारका सामान लेक्मी र फेसन ब्रान्ड मन्टे कार्लो उत्तिकै सफल छन्।

थुप्रै बहुराष्ट्रिय कम्पनीले भारतमा उत्पादन थाले पनि भारतीय संस्कृतिको पहिचान बनेको पार्ली जी, अमूल, निरमा, जियो र मारुतीको जस्तो महत्त्व पक्कै हुने छैन। जुन उत्पादनले त्यस ठूलो देशलाई भावनात्मक रूपमा एकजुट बनाएको छ। भारत स्वतन्त्रताको यो ७५ वर्षमा यी उत्पादनको समाजमा विशेष महत्त्व छ। स्रोत : बीबीसी, मिरर रिभ्यु

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ५४ बजे

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको