स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर « Khabarhub

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।

नेपालले निरन्तर ओपनिङमा देखिने नेपाली आक्रामक ब्याट्सम्यान कुशल भुर्तेललाई आराम दिएर अर्जुन कुमाललाई अवसर दिएको छ । अर्जुनसँगै अनुभवी ओपनर एवम् विकेट किपर विनोद भण्डारीलेसमेत निरन्तर अवसर पाएका छन् ।

स्कटल्यान्डविरुद्धको आजको खेलका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेलका लागि घोषित टोलीमा रोहित पौडेलले कप्तानी सम्हाल्नेछन् ।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, अर्जुन कुमाल, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी नेपाली टिममा परेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल