गौतम बुद्ध विमानस्थलबाट जजीरा र बीज एयरले दैनिक उडान सञ्चालन गर्ने  « Khabarhub

गौतम बुद्ध विमानस्थलबाट जजीरा र बीज एयरले दैनिक उडान सञ्चालन गर्ने 


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुवेतको जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

गौतम बुद्ध विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। एयरवेजले अहिले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ ।

यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ ।

जेठ २ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

बीज एयरले उडान गर्दै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बीज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । जजीराले नियमित उडानका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको छ ।

योसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । जजीराले सुरुदेखि उडान गरिरहेको छ भने बीजले पनि छिट्टै उडान गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । कोभिड–१९ महामारीपछि मुलुकको अन्तर्राष्ट्रिय उडान बिस्तारै लयमा फर्कँदै गरेको प्राधिकरणले जनाएको छ । अहिले अन्तर्राष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताए।

कोभिड पूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौँ विमानस्थल भएर उडान गर्दै आएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १ : ४३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा