रामेछापको मन्थलीमा निर्मित चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ « Khabarhub

रामेछापको मन्थलीमा निर्मित चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ ।

बागमती प्रदेश सरकारको पाँच करोड रुपैयाँ र मन्थली नगरपालिकाको दुई करोड रुपैयाँ लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन् ।

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पु¥याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन । निर्माण कम्पनीले विसं २०७८ असार मसान्तअघि नै कार्य सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ ।

रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ । चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ । केन्द्र बनेपछि समय अनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ ।

केन्द्र निमार्ण सुरु भए यता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए । समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ ।

“घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको छ”, अर्का कृषक पार्वती सुवेदीले भनिन् ।

प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ