नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज « Khabarhub

नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी  सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–ट्वान्टी खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो ।

एक सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान करिरमले २८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करन केसी, मोहम्मद आदिल आलम, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए ।

मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । दुई राष्ट्रबीचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ०४ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका