पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्न दुई नाबालकलाई यातना दिने पक्राउ | Khabarhub Khabarhub

पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्न दुई नाबालकलाई यातना दिने पक्राउ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा सात वर्षे बालिकासँग विवाह गर्नका लागि दुई नाबालकलाई यातना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरका प्रहरीले जनाएअनुसार यातना पाएकामध्ये एक बालकको ज्यान समेत गएको छ ।

घटनाका मुख्य अभियुक्त अबुल हसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सात वर्षे बालिकासँग विवाह गर्नका लागि भन्दै आफ्नो घरमा काम गर्ने दुई बालकलाई यातना दिएका थिए ।

प्रहरीले उनको साथबाट सात वर्षे बालिकालाई समेत नियन्त्रणमा लिएको छ । ती बालिका यातना पाउने बालकहरुको बाहिनी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार यातना पाएका १० वर्षे बालकको मृत्यु भएको छ भने अर्का ६ वर्षे बालक घाइते छन् ।

अनुसन्धानकर्ताका अनुसार अभियुक्त अबुल हसनले आफू आध्यात्मिक गुरु रहेको बताउने गरेका थिए । ती बालबालिकाका बुवा पनि बेलाबेला उनको घरमा आउने गरेका थिए ।

पछि उनकै बुवाले आफ्नी सात वर्षे छोरीलाई विवाह गराउन राजी भएका थिए । प्रहरीले उनको स्थानबाट डोरीले बाँधिएको अवस्थामा बालबालिकालाई फेला पारेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : १९ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार