काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी « Khabarhub

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा माइक्रोबस फसेका छन् । सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीच ती सवारी साधन अड्किएका हुन् ।

माइक्रोबसमा सवार यात्रुहरू खोलाको बीचमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार घटनाबारे खबर प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ ।

डीएसपी विष्टसहितको प्रहरी टोलीले हाल यात्रुको उद्धारका लागि प्रयास तीव्र बनाएको छ। खोलाको बहाव उच्च रहेकाले उद्धार कार्यमा चुनौती थपिएको जनाइएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा यात्रुलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अहिले जिप्रका काभ्रेबाट २५ जना प्रहरी, २५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको सेनानीको कमाण्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित खटिएको छ । ६०–६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेकाको बताइएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : १३ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका