‘डेंगु संक्रमण अझ बढ्न सक्छ’ | Khabarhub Khabarhub

‘डेंगु संक्रमण अझ बढ्न सक्छ’

‘संक्रमितको संख्या अस्पतालमा भन्दा घरमा धेरै’


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट पछिल्लो समय देशभर पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन्। डेंगुबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार साउनदेखि हालसम्म देश भए ३६ जनाको मृत्यु र २७ हजार ५६९ जनामा भएको डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण ओरालो लाग्नुको साटो झन् झन् किन उकालो लागेको छ ? के डेंगु झन् खतरनाक बन्दै गएको हो ? यो कहिलेसम्म रहन्छ र कसरी जोगिन सकिन्छ ? यसै विषयमा आधारित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

डेंगु संक्रमण दिन प्रतिदिन किन बढिरहेको छ ?
यो बढ्नुको कारण भनेको लामखुट्टे घरघरमा पुग्नु हो। यसलाई हामीले सुरुमा नष्ट नगर्न सकेको भए राम्रो हुन्थ्यो। अहिले भनेको सबैको घरमा लामखुट्टे पुगेको छ। सबैलाई टोकेको छ। जसले जे भने पनि यो नष्ट गर्नु पर्दछ। पहिला राति धुप बालेर, झुल हालेर लामखुट्टे नियन्त्रण गर्न सकिन्थ्यो। तर, अहिले यो दिउँसो सक्रिय हुन्छ। दिउँसो हामीले काम गर्दागर्दै यसले टोकेको पनि थाहा पाउँदैनौँ। यसले संक्रमण थप बढाएको छ।

के संक्रमण बढ्दै जाँदा लामखुट्टेले स्वरुप बदलेको हो ?
म सन् २०१९ लाई धेरै जिल्ला छोएको र लामो समय संक्रमण रहेको मान्छु। २०१९ मा नै यसले निरन्तरता लिन्छ है भनेर संकेत गरेको थियो। प्रशस्त लामखुट्टे छन् है भनेर थाहा थियो। जति धेरै लामखुट्टे त्यति नै अण्डा हुन्छ। पहिला हामी सचेत हुनुपथ्र्यो। यसको चार वटा सेरोटाइप हुन्छ। जो व्यक्ति पहिला एउटा सेरोटाइले संक्रमण भएको र पछि पुन अर्को सेरोटाइपले संक्रमण भयो भने उसलाई कडा हुन सक्ने सम्भावना रहयो। त्यसमा हामीले झोलिलो कुरा खानु भन्दै गर्दा मेरो कक्षमा आउँदा बिरामी ढिलो आउनु हुन्छ। किन ढिलो आउनु भयो भन्दा हामीले सिटामोल भन्दा अरु पाउँदैनौँ त्यसैले घरमा नै बसेको हो भन्नु हुन्छ। अहिले हरेक घरमा एक जना मान्छे त थलिएका नै छन्। अहिले धादिङदेखि धेरै बिरामी आउनु भएको छ। त्यहाँ गाउँभर समस्या भएको उहाँहरुको भनाइ छ।

यो बाहिर जति देखिए पनि भित्र एकदम भयावह रूप लिएको रहेछ हो ?
हो। यसलाई महामारी घोषण त गरिएन। तर, मैले डेंगु क्लिनिकको डेस्कमा बसेर घर घरमा बसेका बिरामी देखेको छु। अहिलेको अवस्था भनेको विगतको महामारी भन्दा कयौँ गुणा बढी हो।

अहिले बाहिर आएको तंथ्याङ्क भन्दा बढी व्यक्ति घरमा बस्ने जस्तो देखियो त ?
५ देखि ७ गुणा बढी मानिसहरू घरमा नै होलान्। कोही बिरामी सामान्य भएर घरमा नै बसेर फार्मेसीमा गएर औषधि खाएर निको भएका छन्। कतिपयले जाँच नै गरेका छैनन्। त्यसैले घरमा पनि धेरै छन्।

महामारी नियन्त्रणमा सरकारले काम गरिराखेको छ कि थप केही गर्नुपर्छ ?
डेंगु नियन्त्रणको विषयमा सम्बन्धित निकाय चुकिसकेको छ। पहिला नै ध्यान दिनुपर्यो। तर, अहिले भर्खरै भारतबाट औषधि आएको छ। हामी आफैले यसलाई नियन्त्रण गर्नु पर्दछ। हाम्रो घर वरिपरि सरसफाइ गर्नु पर्दछ।

जडो लागेपछि डेंगु विस्तारै हट्छ भनेर धेरैले भनेका छन्। के यो सत्य हो ?
यो धेरैको कुरा होला। तर, मेरो अध्ययनले भन्छ कि यो बल्ल अब सुरु भएको छ। दसैंको प्रभाव गाउँदेखि सहरसम्म परिसकेको छ। विगतका वर्षमा त्यो बेलमा फैलिएको पाइन्छ। त्यही समयमा डेंगु संक्रमण बढी हामीले देखेका छौँ। केही कम होला तर, यसको प्रकोप देखिने समय भनेको अब हो। पहिला पनि मङ्सिरको अन्त्यसम्म बिरामी अस्पताल भर्ना हुँदै आएका थिए।

कहिलेसम्म डेंगु संक्रमण फैलिरहन्छ ?
मानिसहरू घरमा नै धेरै बसेका छन्। जहिलेसम्म लामखुट्टे रहन्छ र जति संकमण फैलाउन सक्छ तबसम्म यो फैलिन्छ। वयस्क भैसकेकालाई नियन्त्रण गर्न अहिलेसम्म पानीका खाल्डा भएको ठाउँबाट नष्ट गर्ने भनिएको छ। तर, म के भन्छु भने घरघरमा दियालोबाट नष्ट गर्ने हो। सरकारले अभियान चलाउनु भन्दा अगाडि प्रत्येक नागरिक मिलेर घरघरमै यसको नष्ट गर्नुपर्छ। डेंगु संक्रमण नियन्त्रण गर्ने हो भने पहिला लामखुट्टेलाई नष्ट गर्ने लार्भाहरु नष्ट गर्नु पर्दछ।

डेंगु भइसक्यो भने हामीले के गर्नु पर्दछ ?
हामीले केही लक्षण देखिए भने अस्पताल गएर जाँच गर्नु पर्दछ। ज्वरो, रुघा खोकी लागेपछि पर्खिएर बस्ने भन्दा आफूलाई के भएको हो भनेर जान्न अस्पताल गएर परीक्षण गराउनुपर्छ। यस्तो परीक्षणपछि तपाईंको उपचार कसरी गर्ने भन्ने थाहा हुन्छ। यस्ता परीक्षणले रगतको उतारचढाव बारे जानकारी हुन्छ। लक्षण देखिएपछि यो केही होइन भनेर घरमा नै बस्दा समस्या भएर अकालमा मृत्यु नै हुनसक्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०