नवौँ राष्ट्रिय खेलकुद : पाँचथरका १९ खेलाडी छनोट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : पाँचथरका १९ खेलाडी छनोट


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाँचथर– यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् । 

पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो (पुरुष) मा दुई, आइटिएफ तेक्वान्दो (महिला) मा एक, फुलकन्ट्याक्ट कराते (महिला)मा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो (पुरुष) मा एक, कुस्ती (पुरुष) मा एक, कुस्ती (महिला) मा दुई, रग्बी पुरुष र महिलामा दुई-दुई तथा पुरुष बुद्धिचालमा एक खेलाडी छनोट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । 

छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले बिहीबार फिदिममा बधाई तथा शुभकामना कार्यक्रममार्फत बधाइ ज्ञापन गरेको छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धामा पाँचथरले ११ स्वर्ण जितेको थियो । प्रदेश नं १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि यही असोज ८ गतेसम्म सञ्चालित प्रदेश छनोट प्रतिस्पर्धामा पाँचथरले आइटिएफ तेक्वान्दोमा तीन, फुलकन्ट्याक्ट करातेमा तीन, कुस्तीमा तीन तथा जुडो र शारीरिक सुगठनमा एक–एक स्वर्ण पदक जितेको थियो । 

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : १२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित