पक्की पुल बगाएपछि मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल « Khabarhub

पक्की पुल बगाएपछि मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो । 

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ । बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन् । नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जीनियर राजु दङ्गालले जानकारी दिए ।

दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे । त्यस्तै सामान ढुवानी गर्ने सवारी चलाउनुहुने रमेश श्रेष्ठले पनि गाडी चलाएर कमाइ गरी किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गरे । यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो । चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएको नगरप्रमुख आइतमान तामाङले बताए ।

ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौँ समय लाग्ने गर्दा सास्ती भएको थियो ।

अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य सङ्घ मेलम्चीका अध्यक्ष पुस्कर धितालले बताए । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी पाँच सय ५१ घर बाढीले बगाएको थियो भने पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीबाट २६ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : १८ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा