महानगरले फोहर फाल्न स्थान पहिचानको काम गर्दै  « Khabarhub

महानगरले फोहर फाल्न स्थान पहिचानको काम गर्दै 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ । 

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अध्ययन सुरु गरेको हो । कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ ।’ 

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ ।  

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ । हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ३१ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा