बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव « Khabarhub

 बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका र पशु प्राविधिकहरूले संयुक्त रुपमा अनुगमन गरेका हुन् । याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्यांग्रा ल्याएको छ ।

प्राविधिकहरूले ति भेडा च्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्यांग्रा अस्वस्थ देखिएको छ । ‘अस्वस्थ भेडाच्यांग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं । केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने । समितिले  १५ वटा भेडा, च्यांग्राको नमुना परीक्षण गरेकोमा स्वस्थ भेटिएको छ । पशु प्राविधिकहरूले गरेको परीक्षणमा केही भेडाच्यांग्रामा पीपीआर देखिएको थियो ।

पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ । ‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन । तर स्वस्थ नै छान्नुपर्छ । हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो ।’

यसपालि भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ । मूल्य निश्चित गर्न सके उपभोक्तालाई मर्का नपर्ने उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

‘व्यवसायिलाई जति मन लाग्यो उति मूल्य पर्छ । यसको निर्धारण गर्ने एउटा विधि बनाइनुपर्छ,’ उनले भने, ‘सरोकारवाला निकायले भेडाच्यांग्राको मूल्य निर्धारण गर्नुपर्छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ४१ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग