आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय | Khabarhub Khabarhub

आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले देशलाई सिक्किमिकरणफिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । 

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो । महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरूमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (हुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरूले बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ४८ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना