आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय « Khabarhub

आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । 

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो । महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरूमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (हुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरूले बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका