उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान  « Khabarhub

उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवर्द्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।

 उपमहानगरका वडा नं ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा किसानलाई अनुदान दिने निर्णय गरिएको नगरप्रमुख पाण्डेयले बताए । 

ती वडामा खेती किसानी गर्ने किसान, फर्म र संस्थाले पेस गरेको मागअनुसार १० हजारदेखि एक लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरिएको उनले बताए। निर्णयानुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखाप्रमुख सन्तोष जिसीले जानकारी दिए । 

किसान तथा फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफूल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका कृषि विकास शाखाप्रमुख जिसीले बताए । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : २६ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा