उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान  « Khabarhub

उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवर्द्धन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।

 उपमहानगरका वडा नं ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा किसानलाई अनुदान दिने निर्णय गरिएको नगरप्रमुख पाण्डेयले बताए । 

ती वडामा खेती किसानी गर्ने किसान, फर्म र संस्थाले पेस गरेको मागअनुसार १० हजारदेखि एक लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरिएको उनले बताए। निर्णयानुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखाप्रमुख सन्तोष जिसीले जानकारी दिए । 

किसान तथा फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफूल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका कृषि विकास शाखाप्रमुख जिसीले बताए । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : २६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित