निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन आयोगको प्रेस अफिसबाट हुने « Khabarhub

निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन आयोगको प्रेस अफिसबाट हुने


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन् । शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन् । 

प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न बिभिन्न निकायका प्रतिनिधिहरूलाई राखिने उनले बताए । थपलियाले आमसञ्चार माध्यमको अनुगमन आम सञ्चार माध्यमले नै गर्दा राम्रो हुने भन्दै सञ्चार माध्यमका सामाग्रीलाई लिएर पत्र नकाट्ने स्पष्ट पारे ।

यता आयोगले प्रेस अफिस उद्घाटन गरेसँगै नेपाल पत्रकार महासंघले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । महासंघले शुक्रबार नै बिज्ञप्ती जारी गर्दै निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका