‘निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजानुस्’ « Khabarhub

‘निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजानुस्’


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गर्नु भएको छ । आज काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस २०७९ मा उनले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका हुन् । 

‘गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?’, पूर्वराष्ट्रपति डा यादवले भने, ‘राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ ।’

भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उनले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उनको योगदान ठूलो रहेको बताए । मानिसले नै अहिले प्रकृतिको विनाश गरेर नेपाल मात्रै होइन विश्वमा बढ्दो जलवायु परिवर्तनले २२ औँ शताब्दीमै मानव सभ्यता मुस्किल संकटमा पर्ने जनाउँदै उनले विश्व संकटमा र आफ्नो देश संकटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गरे ।

कुनै पनि प्रश्न बिना जीवनको अर्थ छैन भन्दै उनले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य संकट, इन्धन संकट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमरीको चपेटामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताए ।

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्रा रामचन्द्र प्रधान, गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगस्ट इन्द्र उदीयमान, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्री वास्तब, गान्धी तुलसी दर्शन अध्ययनका शंकर तिवारी, जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा भएको थियो । 

कार्यक्रमका सभापति एवं महागुठीका अध्यक्ष उद्यमोहन श्रेष्ठले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले यहाँको विकासमा पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ३३ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई