महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन  « Khabarhub

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका-३० मैतिदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् ।  करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको प्रतिष्ठानले जनाएको छ । संग्रहालय निर्माण लागत सात करोड ११ लाख लागेको प्रतिष्ठानले जानकारी दिए ।

सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायतमा सामाग्री राखिएको छ भने देवकोटाको शालिक पनि राखिएको छ । सङ्ग्रहालय २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ०३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित