महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन  « Khabarhub

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका-३० मैतिदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् ।  करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको प्रतिष्ठानले जनाएको छ । संग्रहालय निर्माण लागत सात करोड ११ लाख लागेको प्रतिष्ठानले जानकारी दिए ।

सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायतमा सामाग्री राखिएको छ भने देवकोटाको शालिक पनि राखिएको छ । सङ्ग्रहालय २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ०३ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी