ग्यास चुहिएर आगलागी, १७ लाखको क्षति « Khabarhub

ग्यास चुहिएर आगलागी, १७ लाखको क्षति


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका-६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा १७ लाखको क्षति भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दसैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताए । आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन् ।

आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते भएका छन् । आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन । घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएका उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित