महानगरको विशेष सरसफाइ अभियान चौथो हप्तामा प्रवेश « Khabarhub

महानगरको विशेष सरसफाइ अभियान चौथो हप्तामा प्रवेश


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाइ विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर-१ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाइ गरिएको छ । झाडु बोकेर महानगरका प्रमुख नागेश कोइराला सफाइ अभियानमा आफैँ खटिनु भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर-१ को समन्वयमा भएको अभियानमा विराटनगर-१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो । महानगरको सफाइ विशेष अभियानमा स्थानीयसमेतले साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाइ गरेका थिए । ‘हामी सबै मिलेर काम गर्‍यौँ भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली  बन्ने ‘, महानगरका प्रमुख  कोइरालाले भने, ‘कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।’ सरसफाइलाई प्राथमिकतामा राखेर काम गर्नुस् उनको भनाइ थियो ।

बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने हो, फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने प्रमुख कोइरालाको भनाइ छ ।

सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नं १ का अध्यक्ष काजी बस्नेतले जानकारी दिए। यो अभियानले अहिले विराटनगर पहिलेको तुलनामा निकै सफा देखिएको छ भने महानगरले प्रत्येक शुक्रबार र जिल्ला प्रशासन कार्यालय मोरङले प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : २८ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी