महानगरको विशेष सरसफाइ अभियान चौथो हप्तामा प्रवेश « Khabarhub

महानगरको विशेष सरसफाइ अभियान चौथो हप्तामा प्रवेश


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाइ विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर-१ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाइ गरिएको छ । झाडु बोकेर महानगरका प्रमुख नागेश कोइराला सफाइ अभियानमा आफैँ खटिनु भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर-१ को समन्वयमा भएको अभियानमा विराटनगर-१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो । महानगरको सफाइ विशेष अभियानमा स्थानीयसमेतले साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाइ गरेका थिए । ‘हामी सबै मिलेर काम गर्‍यौँ भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली  बन्ने ‘, महानगरका प्रमुख  कोइरालाले भने, ‘कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।’ सरसफाइलाई प्राथमिकतामा राखेर काम गर्नुस् उनको भनाइ थियो ।

बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने हो, फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने प्रमुख कोइरालाको भनाइ छ ।

सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नं १ का अध्यक्ष काजी बस्नेतले जानकारी दिए। यो अभियानले अहिले विराटनगर पहिलेको तुलनामा निकै सफा देखिएको छ भने महानगरले प्रत्येक शुक्रबार र जिल्ला प्रशासन कार्यालय मोरङले प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : २८ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु