प्रदेश नं १ को नाम किराँत राख्न माग « Khabarhub

प्रदेश नं १ को नाम किराँत राख्न माग


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इलाम -किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो ।

महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि यो विषय पार्न राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ । किराँत राई समूदायको मातृभाषामा पढाइ हुँदै आएका पुुस्तक किराँत सिरिजङ्गा लिपिमा परिणत गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।

भाषा आयोगले प्रदेश नं १ को सरकारी कामकाजको भाषा वक्ता सङ्ख्याको आधारमा सिफारिस गर्दा यायोक्खाका मागप्रति गम्भीर बेवास्ता भएको भन्दै राई मातृ भाषामध्ये कम्तीमा दुई वटा राई जातिभित्रका भाषा प्रदेश तहमा र स्थानीय तह समेतमा किराँत राई मातृभाषा सरकारी काम काजी भाषाको रूपमा प्रयोग र प्रचलनमा ल्याउन पनि महाधिवशेन प्रस्ताव गरेको छ ।

किराँत राई मातृ भाषाका रुपमा पठनपाठन हुने विद्यालयमा विषय शिक्षकको व्यवस्था गर्नुपर्ने माग पनि तीन तहका सरकारसँग यायोक्खाले राखेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ९ : १५ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय