विश्व इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता « Khabarhub

विश्व इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो। स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयु राष्ट्र हो। सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थिए। त्यसको एक महिनापछि राष्ट्रसंघको महासभाद्वारा प्यालेस्टाइनलाई मान्यता दिएको थियो।

एसियालाई युरोप जोड्ने पुल
सन् १९७३ मा टर्कीको इस्तानबुलमा पहिलो पटक बोस्फोरस पुल सञ्चालनमा आएको थियो। एसियालाई युरोप जोड्ने उक्त पुलको निर्माण कार्य सन् १९७० को फेब्रुवरीमा सुरु भएको थियो। पुलका डिजाइनर ब्रिटिश इन्जिनियर गिलबर्टस रोबर्टस र विलियम ब्राउनले गरेका थिए।

इतिहासकै ठूलो बम विस्फोट
सन् १९६१ मा सोभियत संघले आर्कटिक सर्कलको नोभाया जेम्ल्या टापुमा रहेको मितुशिखा खाडी परीक्षण दायरामा जार बम्बा (बिग इभान)लाई विस्फोट गराएको थियो। ५७ मेगाटन क्षमताको उक्त बम १३ हजार फिटको उचाइमा विस्फोट भएको थियो।

युरोपमा पहिलो अन्तरदेशीय उडान
सन् १९०८ मा फ्रान्सेली विमान चालक हेनरी फरमानले बोइबाट फ्रान्सको रेम्समा उडान भरेका थिए। १४ माइल यात्रा पूरा गर्न उनलाई करिब २० मिनेट लागेको थियो। फरमान एयरलाइन र इन्जिन निर्माण कम्पनी फरमान एभिएसन वर्कसका सह–संस्थापक थिए।

राजकुमार जुआन कार्लोसको उदय
सन् १९७५ मा तत्कालीन तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोलाई विस्थापित गर्दै राजकुमार जुआन कार्लोस स्पेनको कार्यवाहक राष्ट्र प्रमुख।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०२ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने