विश्व इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता « Khabarhub

विश्व इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो। स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयु राष्ट्र हो। सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थिए। त्यसको एक महिनापछि राष्ट्रसंघको महासभाद्वारा प्यालेस्टाइनलाई मान्यता दिएको थियो।

एसियालाई युरोप जोड्ने पुल
सन् १९७३ मा टर्कीको इस्तानबुलमा पहिलो पटक बोस्फोरस पुल सञ्चालनमा आएको थियो। एसियालाई युरोप जोड्ने उक्त पुलको निर्माण कार्य सन् १९७० को फेब्रुवरीमा सुरु भएको थियो। पुलका डिजाइनर ब्रिटिश इन्जिनियर गिलबर्टस रोबर्टस र विलियम ब्राउनले गरेका थिए।

इतिहासकै ठूलो बम विस्फोट
सन् १९६१ मा सोभियत संघले आर्कटिक सर्कलको नोभाया जेम्ल्या टापुमा रहेको मितुशिखा खाडी परीक्षण दायरामा जार बम्बा (बिग इभान)लाई विस्फोट गराएको थियो। ५७ मेगाटन क्षमताको उक्त बम १३ हजार फिटको उचाइमा विस्फोट भएको थियो।

युरोपमा पहिलो अन्तरदेशीय उडान
सन् १९०८ मा फ्रान्सेली विमान चालक हेनरी फरमानले बोइबाट फ्रान्सको रेम्समा उडान भरेका थिए। १४ माइल यात्रा पूरा गर्न उनलाई करिब २० मिनेट लागेको थियो। फरमान एयरलाइन र इन्जिन निर्माण कम्पनी फरमान एभिएसन वर्कसका सह–संस्थापक थिए।

राजकुमार जुआन कार्लोसको उदय
सन् १९७५ मा तत्कालीन तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोलाई विस्थापित गर्दै राजकुमार जुआन कार्लोस स्पेनको कार्यवाहक राष्ट्र प्रमुख।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना