गौरीगङ्गाको एक पसलमा आगलागी, एक करोड क्षति « Khabarhub

गौरीगङ्गाको एक पसलमा आगलागी, एक करोड क्षति


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्लाको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् ।

यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ५२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन