‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’ « Khabarhub

‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्न लागेकी कार्कीको आयोगले शनिबार उम्मेदवारी अयोग्य हुने ठहर गर्दै खारेज गरिदिएपछी उनी अदालत जाने भएकी हुन्।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले उनको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ। त्यसको भोलिपल्ट कार्कीले आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने बताएकी हुन्। उनले उम्मेदवारी खारेजबारे आफूलाई आधिकारिक पत्र प्राप्त नभएको पनि बताएकी छन्। समय सकिएपछिको उजुरीलाई आधार मानेर अहिले सोही विषयमा निर्णय गर्नुमा आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका रहेको उनले बताएकी छन्।

डा. कार्की लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : १७ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ