‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’ « Khabarhub

‘उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छु’


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्न लागेकी कार्कीको आयोगले शनिबार उम्मेदवारी अयोग्य हुने ठहर गर्दै खारेज गरिदिएपछी उनी अदालत जाने भएकी हुन्।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले उनको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ। त्यसको भोलिपल्ट कार्कीले आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने बताएकी हुन्। उनले उम्मेदवारी खारेजबारे आफूलाई आधिकारिक पत्र प्राप्त नभएको पनि बताएकी छन्। समय सकिएपछिको उजुरीलाई आधार मानेर अहिले सोही विषयमा निर्णय गर्नुमा आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका रहेको उनले बताएकी छन्।

डा. कार्की लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : १७ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि