खोटाङमा बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु  « Khabarhub

खोटाङमा बाल शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सुरु 


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ ।

च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर शनिबारदेखि अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी सुरु गरिएको हो ।

बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउन कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

च्यास्मिटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा वडाभित्रका बाल विकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका २९ शिक्षक/शिक्षिकाको सहभागिता छ । कार्यशालाको पहिलो दिन अंग्रेजी लेटर्स र ध्वनिका बारेमा जानकारी दिइएको छ । कार्यशाला गोष्ठीमा सहभागी शिक्षकलाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले सहजीकरण गरिरहेकी छन् ।

काठमाडौंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समूहले २०७८ कात्तिकमा च्यास्मिटारका पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकको शिक्षण कला विकासमा सघाउ पुर्‍याउन बाल मनोविज्ञानमा आधारित शिक्षणसम्बन्धी कार्यशाला गरेको थियो । समूहले २०७८ सालमा च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने च्यास्मिटार माविका छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ५१ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ