भेटिन छोडे गाउँका परम्परागत घुमाउने घर « Khabarhub

भेटिन छोडे गाउँका परम्परागत घुमाउने घर


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन्।

एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन्। कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्।

पछिल्लो समय आधुनिकता हाबी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरूको बुझाइ छ। मगर र गुरुङ समुदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का थिर्तराम गुरुङको भनाइ छ। उनले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताए।

“१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरू भेटिन्थे, अहिले १/२ वटा पनि भेट्याउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उनले भने “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरूको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउँछन्।

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भने, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?”

निसीखोला गाउँपालिका-६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउँछन्। यस्ता घरहरूलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ। गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनः निर्माण गरी संग्राहलयको रूपमा विकास गर्न सकिने उनको सुझाव छ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरू यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उनको भनाइ छ। उच्च पहाडी क्षेत्रमा जनजाति समुदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरूमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उनको भनाइ छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : १२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज