नवलपरासी बस दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त « Khabarhub

नवलपरासी बस दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जनाको ज्यान जानेगरी आज बिहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन्।

‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।’ घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन्।

आज भएको दुर्घटना ५ जनाको मृत्यु र ३० जना घाइते भएका थिए। मृतकको सनाखत हुन बाँकी रहेको छ। पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ४० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि