बाराका छठ घाटमा आचारसंहिता विपरीत चुनावी ब्यानर « Khabarhub

बाराका छठ घाटमा आचारसंहिता विपरीत चुनावी ब्यानर


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा- निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।

तर, आचारसंहिता विपरीत बारा-३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३(१) का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३(१) का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिह्नसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७९ को १३(ड) ले उक्त कार्य गर्न नपाउने भनेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आचारसंहिता विपरीतको कार्य गर्न कसैलाई छुट नभएको भन्दै उम्मेदवारले लगाएको ब्यानरलाई तत्काल हटाइने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ०० बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा