कांग्रेसको घोषणापत्र : कोरा नारा, मौसमी प्रतिबद्धता « Khabarhub

कांग्रेसको घोषणापत्र : कोरा नारा, मौसमी प्रतिबद्धता

वर्षेनी आश्वासन बाड्ने, चुनाव जितेपछि सबै बिर्सिने !


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसले चुनावमुखी घोषणापत्र सार्वजनिक गरेको छ । माओवादी र नेकपा एकिकृत समाजवादीसँग मिलेर चुनाव लडिरहेको कांग्रेसले चुनावपछि आफ्नै नेतृत्वमा सरकार भन्दै चुनावी घोषणापत्र ल्याएको हो ।

चुनावअघिको घोषणापत्र भएपनि कांग्रेसी युवा नेताहरुले भने बजेटजसरी नै अनेक योजनाका फेहरिस्त जबर्जस्त घुसाएर ‘पपुलिज्म’ बनाउन खोजेका छन् । संसद विघटन नगर्ने, विश्विद्यालयमा कूलपति र उपकूलपति प्रधानमन्त्री तथा मन्त्री नरहने नारा दिएको कांग्रेसले आर्थिक विषयलाई भने त्यति गहिरोसँग विश्लेषण गर्न चुकेको छ ।

अर्थशास्त्री स्वर्णिम वाग्लेसहितको टिमले बनाएको घोषणापत्रका धेरै बुँदा कांग्रेसले चुनावमा पटक पटक भजाएका नारा हुन् । तर ती नारा केवल चुनावी भाषण मात्रै बन्ने पक्का छ । चुनाव जितेपछि नेताहरु कुर्सीको खेलमा लाग्दा जनताले महसुस गर्ने गरि लोकतन्त्र सुधार गर्न कांग्रेस पटक पटक चुकेका उदाहरण धेरै छन् ।

यसपटक कांग्रेसले केही लोकप्रिय लाग्ने चुनावी एजेन्डा अघि सारेको छ । सम्भव देखिने गरि कांग्रेसले ७ प्रतिशत आर्थिक वृद्धि, १२ लाख जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कांग्रेसको चुनावी नारा छ । आर्थिक वृद्धिदर कांग्रेसले सम्भव र सहज लाग्ने गरि अघि सारेपनि रोजगारीतर्फ भने कांग्रेसले अघि सारेको एजेन्डा चुनावपछि नै हराउँछ कि भन्ने चिन्ता छ ।

त्यसबाहेक कांग्रेसले समावेशिता, रोजगारीदेखि नेपालमै सम्भावना भएको क्षेत्रलाई प्रोत्साहन दिन थालेको छ । कांग्रेसले घोषणापत्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर त्यो कसरी पूरा गर्छ ? हेर्न बाँकी छ ।

पहिलोपटक कांग्रेसले पर्यटनलाई चुनावी मुद्दा बनाएको छ । भलै त्यो व्यवहारमा पूरा गर्न भने निकै कठिन देखिन्छ । त्यसबाहेक कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिनदेखि बच्चा र बृद्धवृद्धाहरुको निःशुल्क उपचार गर्ने घोषणापत्र ल्याएको छ । यस्तै हरेक विद्यालयमा एउटा दलित समुदायको शिक्षक राख्ने पनि कांग्रेसको घोषणापत्रमा छ ।

त्यसबाहेक कांग्रेसले ल्याएको घोषणापत्रमा सैद्धान्तिक नारा धेरै छन् । सुदृढीकरण लोकतन्त्र, समावेशी सहभागिता र समुन्नत नेपाल निर्माणका लागि कांग्रेसले धेरै नारा अघि सारेको छ । तर कांग्रेसको अहिलेसम्मको अर्थात ७० वर्ष लामो इतिहास हेर्दा बोली र व्यवहार जनतामुखी भएपनि काम भने नेतामुखी मात्रै छ ।

पँुजीको विकास र सिर्जना गर्नेभन्दा बढी खुल्ला बजारलाई छाडिदिने सबै बेवास्ता प्रवृत्तिले बेला बेला कम्युनिष्ट नेताहरु चर्किने गरेका छन् । यसपटक पनि माओवादी र समाजवादीको बलमा जसरी कांग्रेसले चुनावमा शक्ति आर्जन गर्न खोजेको छ, त्यो सहभागितामूलक छैन । केवल लोकप्रिय घोषणापत्र ल्याएर कांग्रेसलाई भोट आउने सम्भावना देखिदैन ।

घोषणापत्र केवल भजाउने नारा मात्रै भएकाले भोट र जनताको मन जित्न नेताहरुको व्यवहार जनतामुखी हुन आवश्यक छ । तर त्यो चाँही देखिएको छैन । त्यसैले यसपटक पनि कांग्रेसले ल्याएको घोषणापत्र केवल चुनावी नारा नबनोस् । अधिकांश कांग्रेस नेताहरुप्रति सरल र सोझा सर्वसाधारणको वितृष्णा रहेकाले त्यो नदोहोरियोस् भन्ने कामना स्वयंम कांग्रेसी नेताहरुले गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ४३ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा