छठका लागि नारायणी किनारमा झकिझकाउ « Khabarhub

छठका लागि नारायणी किनारमा झकिझकाउ


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छठ पर्वका लागि नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ बनाइएको छ । छठका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउनेभन्दा छुट्टै रौनक देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिव नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छुट्टै बनाइएको बताए । तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्वमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्घ्य चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उनले भने “पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।” व्रत बस्नै आउनेको सङ्ख्यासमेत वर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अघ्र्य चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

“छठ पर्वमा अहिले युवा पुस्ताको बढी आकर्षण रहेको छ”, परिहस्तले भने । यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धुमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बताए ।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटिकाको भोलिपल्ट अर्थात चौठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उनले बताए । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ४६ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता