छठका लागि नारायणी किनारमा झकिझकाउ « Khabarhub

छठका लागि नारायणी किनारमा झकिझकाउ


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छठ पर्वका लागि नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ बनाइएको छ । छठका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउनेभन्दा छुट्टै रौनक देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिव नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छुट्टै बनाइएको बताए । तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्वमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्घ्य चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उनले भने “पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।” व्रत बस्नै आउनेको सङ्ख्यासमेत वर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अघ्र्य चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

“छठ पर्वमा अहिले युवा पुस्ताको बढी आकर्षण रहेको छ”, परिहस्तले भने । यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धुमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बताए ।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटिकाको भोलिपल्ट अर्थात चौठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उनले बताए । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ४६ बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा