पार्टीभित्रैबाट काम गर्न नदिइएपनि प्रधानमन्त्री हुँदा धेरै विकास गरेँ : एमाले अध्यक्ष ओली « Khabarhub

पार्टीभित्रैबाट काम गर्न नदिइएपनि प्रधानमन्त्री हुँदा धेरै विकास गरेँ : एमाले अध्यक्ष ओली


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् ।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै पनि दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । उनले हिजोका कम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : १४ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र