चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो | Khabarhub Khabarhub

चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो तीन महिनामा नेपालको कूल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा १३.१२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयातमा १६.२० प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले केबल ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात व्यापार ३५.७१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ४५ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।