राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : अध्यक्ष प्रचण्ड « Khabarhub

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : अध्यक्ष प्रचण्ड


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए ।

“हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा पुगेका छौँ”, अध्यक्ष दाहालले भने, “स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।” उनले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्नेगरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए ।

उनले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताए । अध्यक्ष दाहालले आसन्न मङ्सिरको निर्वाचन दुई विचार र प्रवृत्तिबीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्वको रहेको बताए । ‘’सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ”, उनले भने, “हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।”

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : २७ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार