रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ : रामचन्द्र पौडेल « Khabarhub

रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ : रामचन्द्र पौडेल


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आज घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए । “गाउँ गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ”, पौडेलले भने ।

विगतमा सेवा सुविधाको खोजीमा जनताहरु गाउँ छाडेर शहरमा बसाइसराइ गरेको चर्चा गर्दै पौडेलले सेवासुविधा पुगेपछि अब गाउँमै बस्न आग्रह गरे । “राजनीति जागिर नभई सेवा भएकाले जनताको सेवाका लागि नै राजनीति गर्दै आएका हौँ”, पौडेलले भने, “जनताका हरेक समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।”

तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाल अनुकूलको विकासका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए । वरिष्ठ नेता पौडेलले शुक्रबारदेखि पुनः घरदैलो अभियान सुरु गगरेका छन् । पौडेलले व्यास नगरपालिका–३ शान्तिनगर, देवघाट गाउँपालिका–१ र २ को बैदी, खाल्टे, कोटा लगायतमा घरदैलो सम्पन्न गरेका छन् ।

पौडेलले कात्तिक १४ गतेसम्म देवघाट, १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुरका विभिन्न ठाउँमा घरदैलो गर्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ४० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि