प्रदीपको टीमले जितेमात्र काठमाडौं–५ मा विकासको ढोका खुल्छ : नरहरी आचार्य « Khabarhub

प्रदीपको टीमले जितेमात्र काठमाडौं–५ मा विकासको ढोका खुल्छ : नरहरी आचार्य


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेलको टीमले मात्र गर्न सक्ने बताएका छन् ।

आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् ।

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन् ।’

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने ।

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले