जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा « Khabarhub

जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लामा अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो । बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए ।

पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत् सेवासमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए । बिजुलीको तार लथालिङ्ग अवस्थामा थिए । जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भने, “निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौँ । ढिलै भए पनि प्राधिकरणको बत्ती बलेको उपभोक्ता खुसी छन् । क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ ।”

बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाइँदै आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ०२ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन