राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय | Khabarhub Khabarhub

राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले जित्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए ।

अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि।क।ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

गठबन्धनबाट उम्मेदवार बनेका पुष्पा भुसाल र प्रदेशसभा ख का उम्मेदवार कमल भुसाललाई हामीले पहिले नै समर्थन गरेका थियौं । नेता चौहानले भने तर प्रदेशसभा क मा हाम्रो दाबी थियो । हामीले कुनै लोभ प्रपञ्चमा परेर होइन, प्रतिगमन परास्त गर्नका लागि उम्मेदवारी निष्क्रिय पारेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० सालमा

विद्या भण्डारी नरोकिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग

पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१