राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय « Khabarhub

राम बहादुर चौहानको उम्मेदवारी निष्क्रिय


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले जित्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए ।

अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि।क।ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

गठबन्धनबाट उम्मेदवार बनेका पुष्पा भुसाल र प्रदेशसभा ख का उम्मेदवार कमल भुसाललाई हामीले पहिले नै समर्थन गरेका थियौं । नेता चौहानले भने तर प्रदेशसभा क मा हाम्रो दाबी थियो । हामीले कुनै लोभ प्रपञ्चमा परेर होइन, प्रतिगमन परास्त गर्नका लागि उम्मेदवारी निष्क्रिय पारेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले