टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित « Khabarhub

टी –ट्वान्टी विश्वकप : दक्षिण अफ्रीकासँग भारत पराजित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ रनको योगदान दिए ।एडिन मार्क्रमले ५२ तथा कप्तान टेम्बा बाभुमा १० रनमा आउट भए ।

भारतको बलिङमा अर्सदिपसिंहले दुई विकेट लिए । मोहमद शामी हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।

भारतका लागि सूर्यकुमार यादबले ६८ रनको अर्धशतकीय इनीङ खेले ।कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन बनाए ।

दक्षिण अफ्रीकाका लुंगी एनजिडीले ४ विकेट लिए । वाएन प्रनिलले ३ विकेट लिए ।जितसँगै दक्षिण अफ्रीका समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा