रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै « Khabarhub

रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको हो ।

स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को आयोजना र एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रको हुने गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए । सडक मर्मतका लागि सम्पूर्ण काम सकिएर अन्तिम वातावरणीय सार्वजनिक परीक्षण पनि गरिसकिएको र अब छिट्टै ठेक्का प्रक्रियामा लैजाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उक्त सडकखण्डमध्ये हाल सिसाघारी–सीमा–झुम्लाबाङ छ किलोमिटर सडक कालोपत्र हुने भएको हो । सडक कालोपत्रका लागि बजेट रु २१ करोड ६० लाख ४१ हजार ६ सय ९४ रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै सडकको चौडाइ पाँच दशमलव २५ मिटरको कालोपत्र हुने पनि उहाँले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ३७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले