वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा « Khabarhub

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ।

मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सविरुद्ध ३–० को अग्रता बनाए।

यो शानदार जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो। इंग्ल्यान्डले तीन खेलमा सात अंक जोडेको छ। एक अंक बनाएको वेल्स प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : ५१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको