युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी  « Khabarhub

युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी 



दोहा – युएईमा एक हजार चालिस कैदी बन्दीले आममाफी पाएका छन्। युएई सरकारले राष्ट्रिय दिवसको अवसरमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदी बन्दीलाई आममाफी दिएको हो।

दुबईका शासक युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको ५१औं राष्ट्रिय दिवस अघि दुबईको सुधारात्मक र दण्डात्मक प्रतिष्ठानका १ हजार ४० जना कैदीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

यस अवसरमा दुबईका महान्यायाधिवक्ता चान्सलर एसाम इसा अल हुमैदानले कैदीहरूलाई माफी दिने शासक शेख मोहम्मदको आदेशले सजाय पाएका कैदीहरूलाई नयाँ जीवन सुरु गर्ने र उनीहरूको परिवारको कठिनाइलाई कम गर्ने मौका दिएको बताए।

साथै उनीहरूलाई समाजमा पुनः एकीकरण गर्ने अवसर प्रदान होस् भन्दै महान्यायाधिवक्ता अल हुमैदानले आदेश कार्यान्वयन गर्न दुबई पब्लिक प्रोसिक्युसनले दुबई प्रहरीसँग समन्वय गर्ने बताए।

युएई सरकारले राष्ट्रिय दिवस, इदजस्ता विशेष अवसरहरूमा कैदीहरूलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिँदै आएको छ।

यसमा जेल जीवन बिताइरहेका कुन देशका कति कैदीबन्दीहरुले आममाफी पाए केही खुलाइएको छैन। १ हजार ४० जना मध्ये धेरै नेपाली कैदीबन्दीहरुले पनि आममाफी पाएको बुझिएको छ।

युएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छ। युएईको मन्त्रीपरिषद्ले बैठकले राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ३५ बजे

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार