ओमानमा ब्रेस्ट क्यान्सरको निःशुल्क जाँच हुने  « Khabarhub

ओमानमा ब्रेस्ट क्यान्सरको निःशुल्क जाँच हुने 


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानमा कार्यरत नेपाली महिलाहरूको ब्रेस्ट क्यान्सरको लक्षण भए/नभएको निःशुल्क जाँच गरिने भएको छ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमान क्यान्सर एसोसियसनका अध्यक्ष डा. वाहिद अली सैद अल खरुसीबीच ४० वर्ष नाघेका महिलाको ब्रेस्ट क्यान्सरको लक्षण जाँच गर्नेबारे छलफल भएको हो।

जाँचको लागि रेसिडेन्स कार्ड आवश्यक पर्ने छैन। कुनै लक्षण नभए पनि निःशुल्क जाँच गराई लाभ लिन ओमानस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। थप जानकारी लागि उक्त संस्थाको फोन नम्बर २४४९८७१६ र ८००७७४७७ मा गर्न पनि दूतावासले भनेको छ।

सन् २००९ देखि ओमान क्यान्सर एसोसिएसनले २७ हजार भन्दा बढी नेपाली महिलाहरु उपचार गरेको एसोसियसनका अध्यक्ष डा.अल खरुसीले बताए। क्यान्सरको रोकथाप तथा उपचारको लागि उक्त संस्थाले उदाहरणीय काम गरेको छ।

उनले दूतावास परिवारले ओमान क्यान्सर एसोसिएसनले आयोजना गरेको वाकाथनमा भाग लिएकोमा धन्यवाद दिँदै प्रशंसा गरेका छन्। साथै नेपालका यस्तै संस्थाहरूसँग सहकार्य तथा सहयोग गर्न सकिने पनि बताए।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ०४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को