प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति? | Khabarhub Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन :

प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति?


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ।

तीमध्ये नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच प्रतिस्पर्धा भएको सुनसरी–४ मा मतगणना जारी छ। बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्दैछ। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ।

हालसम्मको परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित निकाल्दा नेकपा एमालेले ४४ सिट जितेको छ। माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सांसद पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार तथा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ ठाउँमा सिमित भएका छन्। स्वतन्त्र ५ जना निर्वाचित भएका छन्।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका