प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति? « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन :

प्रत्यक्षतर्फ १६१ सिटको परिणाम, कुन दलको कति?


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ।

तीमध्ये नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच प्रतिस्पर्धा भएको सुनसरी–४ मा मतगणना जारी छ। बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्दैछ। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ।

हालसम्मको परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित निकाल्दा नेकपा एमालेले ४४ सिट जितेको छ। माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सांसद पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार तथा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ ठाउँमा सिमित भएका छन्। स्वतन्त्र ५ जना निर्वाचित भएका छन्।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २३ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज