विश्वकप फुटबल : पहिलो हाफमा दुवै खेल गोलरहित बराबरीमा « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा दुवै खेल गोलरहित बराबरीमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डीका अन्तिम खेल चलिरहेको छ । फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कसँग प्रतिस्पर्धा गरिरहेका छन् । दुवै खेलको पहिलो हाफ सकिँदा गोल हुन सकेको छैन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । तर गोल भने गर्न सकेका छैनन् । एजुकेशन सिटी स्टेडियममाफ्रान्स र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ। यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, जिरुड, ग्रिजम्यान, रोबिट, जुलेस कुन्डे लगायतका खेलाडी बेन्चमा राखेको छ।

यता अल जनौव स्टेडियममा डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गरिरहेका छन् । यस खेलमा जित हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्ने दौडमा अघि रहनेछ । अष्ट्रेलियालाई जितले अघि बढ्न पर्याप्त छ भने डेनमार्क आफ्नो जितसँगै अर्को खेलको नतिजा कुर्नेछ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ०१ बजे

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर