गठबन्धनमा सबै पार्टीको अस्तित्व समान हुन्छ | Khabarhub Khabarhub

गठबन्धनमा सबै पार्टीको अस्तित्व समान हुन्छ

'कांग्रेसले धोका दिएपछि गठबन्धन बन्यो'


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

अहिले नेकपा (माओवादी केन्द्र)ले सरकारको साँचो समातेको छ। आठ सदस्य मन्त्रिमण्डल प्रधानमन्त्रीसहित अघि बढिरहँदा यो सरकारको गठन आकस्मत भएको भनेर पनि लिएको छ। एउटासँग गठबन्धन गरेको दलले सरकार बनाउने क्रममा अर्कोसँग गठबन्धन गर्नुपर्ने बाध्यता माओवादी केन्द्रलाई किन आयो ? पछिल्लो चुनावमा ३२ सिटमा रहेको माओवादी केन्द्रलाई जनमत के सरकार समात्नको लागि दिएको थियो ? माओवादी किन प्रतिपक्षमा बस्न सकेन ? यसै विषयमा आधारित भएर नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

के कारणले माओवादी केन्द्रले अघिल्लो गठबन्धन तोड्यो ?
यो संविधान माओवादी नभएको भए आउँदैनथ्यो। त्यसैले माओवादी केन्द्रले संविधानको रक्षा गर्नुपर्दछ। भनेर नै यो पटक कांग्रेससँग गठबन्धन गरेका थियौँ। यो पटकको कांग्रेससँग चुनावमा पनि हामीले नै प्रधानमन्त्री पाउनु पर्दछ भनेर समन्वय भएको थियो। जसरी भए पनि अहिलेको सरकार माओवादीको नै हुनुपर्छ भनेर यो अवस्था आयो।

प्रचण्डले प्रधानमन्त्री बनेर के गर्न खोजिरहनु भएको छ ?
हाम्रो जनमत सरकारमा जानु पर्दछ भन्ने थिएन। यो जनमत प्रतिपक्षमा बस्नु पर्दछ भन्ने हो। तर त्यसको बहुमत थिएन। अब सरकारमा गएर हाम्रो अर्थतन्त्र निकै खच्किएको छ। आयात धेरै निर्यात कम हुँदा अर्थतन्त्र अप्ठेरो अवस्थामा छ। शिक्षा, स्वास्थ्यमा धेरै समस्या भएको बेला हाम्रो सरकार बनेको छ। पहिलाको सरकार भनेको काम चलाऊ थियो। अब यो सरकारले समृद्धिको काम गर्नु पर्दछ। सबैको उद्देश्य भनेको समृद्धि हो। अब देशको विकास गर्नु पर्दछ भ्रष्टाचारको अन्त्य गर्नु पर्दछ।

कमजोर बनेको माओवादीले बलियो एमालेसँग कसरी सन्तुलन मिलाउला ?
पहिला दुई पटक गरेर प्रचण्ड १९ महिना प्रधानमन्त्री बन्नुभयो। त्यसैले सबै पुरानो परिपाटी नयाँ प्रचण्ड मात्र भएर र विकास सम्भव भएन। अब सबै पुरा गर्नु पर्दछ। प्रचण्डले कसैलाई छल गरेका छैनन्। पहिलो हाम्रो प्राथमिकता कांग्रेस थियो। कांग्रेसले राष्ट्रपति पनि आफै प्रधानमन्त्री पनि आफै लिन्छु भन्दा त दुबै आफै लिने भए किन गठबन्धन गरेको त। त्यसैले यो अवस्था आयो। गठबन्धनमा सबै पार्टीको अस्तित्व समान हुन्छ। त्यसमा कांग्रेसले धोका दिएको हो।

माओवादी पुरै कम्युनिस्ट हुन किन नसकेको ?
एमालेमा गैर कम्युनिस्ट धेरै छन्। पहिले कम्युनिस्टको नामबाट जति पनि पार्टी दर्ता भएका छन्। ती सबै खास कम्युनिस्ट होइनन्। हामीले त पुँजीवादी राज्य व्यस्थाको संविधान अन्तर्गत दर्तारत पार्टीबाट पुँजीवादी राज्य व्यवस्था सञ्चालन गरेरै हामी सकेसम्म समाजवादतर्फ जान्छौँ भनेर संविधानमा लेख्यौँ। त्यसमा पनि कांग्रेसको बुझाइमा समाजवाद कम्युनिस्टको बर्चस्वलाई खतम बनाउन ल्याएको भन्ने छ। हाम्रो समाजवाद साच्चै माक्र्सवादसँग सम्बन्धित हो। त्यसैले कम्युनिस्टको सरकार हो। कम्युनिस्ट हुने भनेको बोलीचालीबाट हैन आचरणबाट हो। प्रधानमन्त्रीले काम संविधान अन्तर्गत गर्नु पर्दछ। कम्युनिस्टको विचार अनुसार गर्न पाइँदैन। अहिलेको सरकारले सबै विकासका काम गर्दछ। तर कम्युनिस्टवादमा गएर काम गर्न सक्दैन।

तपाईंहरू भन्दा धेरै पछि आएको पार्टी रास्वपाले धेरै मत ल्यायो नि?
हाम्रो जनता आसामुखी रहेछन्। यो भएन भने तुरुन्तै नयाँलाई हेर्ने मतदाता छन्। १० वर्ष कि मर्यो कि मार्यो भनेर लडेर आएको पार्टीलाई जनताले चिनेनन्। हाम्रो देशमा राजनीतिमा चेतना नै बदलिएको रहेनछ। अहिले सरकारमा धेरै राजनीतिक दललाई मिलाएर लैजाने पात्र भनेको नेपालमा प्रचण्ड मात्र रहेछन्।

नेकपा एमाले विचार, फरक भएको अवस्थामा दबाबलाई थेग्न प्रचण्ड तयार छन् ?
प्रचण्ड नयाँ कुरामा हिम्मत गर्ने मान्छे हुन्। जनताको समृद्धिको एक नारा हाम्रो मुख्य कुरा हो।

मन्त्रालयको भागबन्डा कहिले टुंगिन्छ ?
यो विषय पहिला विश्वासको मत लिएपछि टुंगिन्छ। यो महिनामा टुंगिन्छ।

एमालेसँग लिखित सम्झौता भएको हो ?
प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ। करोडौँ जनताको अगाडि प्रतिबद्ध भएर सहमति गरेका छन्। पार्टीको सिद्धान्त सही छ। त्यसैले यो पार्टीमा सबै आएका हुन्।

बाहिरी शक्तिको हात बलियो भएको हो अहिले ?
वर्षमान पुन बिरामी भएर चीनमा उपचार गर्न जानु भएको हो। निको भएर नेपाल फर्किनुभयो। अरु सबै कुरा प्रक्रियामा थिए। उहाँ आएपछि भएका हुन्। यो काम प्रक्रियागत रूपमा भएका हुन्। चीनले सहयोग पर्यो भन्नु हाम्रो एउटा भ्रम हो। चीन नेपाललाई हस्तक्षेपकारी भूमिका खेल्दैन। जति भारतले खेलेको हुन्छ।

माधव नेपाललाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
यो गठबन्धनमा नै आउनु हुन्छ। सरकारमा उहाँलाई बोलाई राखेको छ।
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १२ : ४१ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन